लकडाउनको बेला सडकमा सिंहहरूको राज, मस्त सुतेर बिताउँछन् दिन !

काठमाडौं । दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू लकडाउनको बेला बीच सडकमै मस्त सुतिरहेका छन् । निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखेपछि केही तस्वीरहरू खिचेका थिए ।

निकुञ्जका सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुने सडकमा अहिले सिंहहरू बीच सडकमै मस्त सुतिरहेका छन् ।  सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रिचार्डले रातको समयमा मात्र देख्ने गरेको पाउने बताए ।

रिचार्डले जाडोका बेला रातमा सडकको कालोपत्रे पीचको तातो हुनले उनीहरू लोभिएर आउने गरेको बताए । सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने उनले चिन्ता ब्यक्त गरेका छन् ।

फोटो खिचिएको अघिल्लो दिन राति पानी परेको हुँदा सिंहहरू बस्ने घाँस चिसो भएको थियो । सिंह चिसो ठाउँमा बस्न मन पराउँदैनन् । त्यसबेला सडक घाँस भएको ठाउँमा भन्दा बढी सुख्खा भएको कारणए सिंहहरू सडकमा मस्त सुतिरहेका थिए ।

 

विश्वभर कोरोनाको त्रास फैलिउको छ । विश्वभर कोरोनाको कारण विश्वभर २ लाख ४२ हजार ६ सय ७५ जना मानिसको मृत्यु भइसकेको छ । भने ३४ लाख ४६ हजार ५ सय ६२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ११ लाख २ हजार ४ सय ८ जना रहेको छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?