श्रीमानकी प्रेमीकाको अनौठो प्रस्ताव : मलाई तिम्रो श्रीमान देउ, तिमीलाई म सबै ‘प्रोपर्टी’ दिन्छु

काठमाडौं । ५७ वर्षकी सरकारी महिला अफिसरलाई आफूभन्दा जुनियर ४५ वर्षका सहकर्मीसँग यति धेरै मायाँ बस्यो कि,एक दिन उनी उक्त पुरुषको घरमै पुगिन् । र ति व्यक्तिकी श्रीमतीलाई भनिन्, मेरो सारा प्रोपर्टी तिमी राख तर मलाई तिम्रो श्रीमान देउ ।

हैरान बनाउने यो घटना भारतको मध्यप्रदेशको राजधानी भोपालको हो । यो घटना भोपालको पारिवारिक केस हेर्ने काउन्सिलरसँग १७ अप्रिलमा दर्ता भएको थियो ।

यो मेटरलाई काउन्सिलर सरिता राजानीले ह्याण्डिल गरिरहेकी छन् । राजानीका अनुसार ५७ वर्षकी मध्य प्रदेशको सरकारी विभागमा उच्च पदमा रहेकी ति महिलाका पतिको १० वर्ष पहिला मृत्यु भएको थियो ।

त्यसपछि छोरा बुहारी पनि उनलाई तिरस्कार गरेर छोडेर गए । त्यसपछि उनले आफूसँगै काम गर्नेवाला ४५ वर्षका सहकर्मीसँग सम्बन्ध नजिक बनाउँदै गईन् ।

लकडाउनमा एक्लै बस्नुपरे पछि उनलाई प्रेमीको अभाव भएको महशुस हुन थाल्यो । त्यसपछि १७ अप्रिलमा उनी ४५ वर्षीय सहकर्मीको घरमै पुगिन् र उनकी श्रीमतीलाई अनौठो प्रस्ताव राखिन् ।

त्यो सुन्नासाथ त्यहाँ हंगामा मच्चियो र त्यो घटना काउन्सिलरसम्म पुग्यो । यस्तो अवस्थामा ४५ वर्षीय प्रेमीले आफ्नी श्रीमतीसँग उक्त महिलालाई एक्लै छोड्न नसक्ने बताए । उक्त व्यक्तिकी श्रीमतीले भने १४ वर्षपछि श्रीमानले धोका दिएको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?