बिरालो बिरामी बच्चालाई बोकेर अस्पताल पुगेपछि…

काठमाडौं । कोरोना भाइरसको महामारीका बेला लकडाउनले दिक्क भएकाहरुलाई कहिलेकाहिँ यस्तो खबरले रोमान्टिक बनाइदिन्छ ।

यसैबीच अहिले एउटा तस्वीर अत्याधिक भाइरल भईरहेको छ । टर्कीको इस्ताम्बुलमा एक बिरलो आफ्नो बिरामी भएको बच्चालाई बोकेर स्वयं अस्पतालमा पुगेपछि सबै अचम्मित बनेका छन् ।

बिरालोले आफ्नो बिरामी बच्चालाई मुखले बोकेर अस्पतालसम्म पुर्याएपछि सबै आश्चर्यमा परेका हुन् । यो फोटो ओजकन नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

साथै उनले क्याप्सनमा लेखेका छन्, ‘आज हामी इमर्जेन्सी रुममा थियौँ, त्यहि बेला एक बिरालो आफ्नो बिरामी बच्चालाई बोकेर अस्पतालको स्टाफ भएको ठाउँसम्म आईपुग्यो ।’

अस्पतालमा पुगेपछि आमा बिरालोलाई दुध खाना खान दिएर डाक्टरहरु बच्चाको उपचारमा लाग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?