यो कुकुरलाई पर्छ नेपाली २२ करोड रुपैयाँ

काठमाडौं । घर पालुवा कुकुरको मूल्य प्रजातिअनुसार फरक फरक हुने गर्दछ । तर, चीनमा तिब्बतियन मास्टिफ प्रजातिको कुकुरलाई करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा) बेचिएको छ ।

प्रपर्टी डेवलोपर नाम गरेका एक ५६ वर्षीय व्यक्तिले २२ करोड तिरेर एक वर्ष भएको सुनौलो रंगको तिब्तयन मास्टिफ खरिद गरेका हुन् ।

शुद्ध प्रजातिका तिब्तयन मास्टिफ विरलै पाइने हुँदा महँगो हुने गरेको यी कुकुरका ब्रिदर जहाज जेनग्युन नामका व्यक्तिले अर्जो रातो रंगको मास्टिफलाई ९६८५०० डलर (११ करोड नेपाली रुपैयाँ) मा बेचेका छन् ।

‘मिड.डे.डटकम’का अनुसार यो विश्वको महंगो कुकुर हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो र उचाइ ८० सेमी थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?