महिलाको आँखामा १५ इन्चको जुका भेटिएपछि…

काठमाडौं । हाम्रो संसार रहस्यले भरिएको छ । कसलाई कुन बेला के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै एउटा घटना एक ६८ वर्षीया महिलालाई पनि भएको छ ।

उनको आँखाबाट १५ इन्चको जीवित जुका निकालिएको हो। एक रिपोर्टका अनुसार आँखामा चिलाउन र दुख्न थालेपछि महिलाले सफा पानीले धुने देखि लिएर विभिन्न उपायहरू अपनाउन थालिन् ।

अत्याधिक रूपमा आँखा दुख्न थालेपछि ती महिला अस्पताल पुगेकी थिइन् । उपचारका क्रममा उनको आँखामा १५ इन्च लामो जुका भेटिएको थियो। अस्पताल पुगेकी ति महिलाको आँखा हेरेर डाक्टरहरू नै डराएका थिए ।

चिकित्सले उनको आँखामा देखिएको १५ इन्चको जुका निकाल्नका लागि शल्यक्रिया शुरु गरे । धेरै समय पहिलेदेखि आँखा चिलाउने समस्याबाट ग्रसित भएकी महिलाले आफ्नो आँखामा भएको सुन्दा आफैँ अचम्मित भएकी थिइन् ।

ति महिलालाई शल्यक्रिया गर्ने चिकित्सकहरूका अनुसार आँखाबाट जुका निकाल्न अझै केही समय ढिला गरेमा उनको आँखाको ज्योति गुम्ने सम्भावना अधिक थियो ।

आँखाभित्र नै जुकाको मृत्यु भएको भए आँखामा अन्य समस्या उत्पन्न हुन सक्ने भएकाले आँखाबाट जुका निकाल्नुभन्दा पनि जिउँदो जुका निकाल्नु चिकित्सकहरूका लागि ठूलो चुनौती बनेको थियो । शल्यक्रियापछि बिरामी अहिले स्वस्थ छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?