कोरोना अपडेट: विश्वभर २ लाख ३१ हजार बढीको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर हालसम्म ३२ लाख ७२ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने २ लाख ३१ हजार ३ सय ११ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै १० लाख ३१ हजार भन्दा बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित मध्ये ५४ हजार ५ सय ९३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण बितेको २४ घण्टामा ७ सय २४ जनाको ज्यान गइसकेको छ । भने हालसम्म संक्रमितको संख्या १० लाख ७६ हजार १ सय २० पुगेको छ । भने ११ हजार ९ सय २६ जनामा बितेको २४ घण्टामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २४ हजार ५ सय ४३ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ३९ हजार ६ सय ३९ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै बितेको २४ घण्टामा २ हजार ७ सय ४० नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म २ लाख ५ हजार ४ सय ६३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा १ हजार ८ सय भन्दा बढी मानिसमा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बेलायतमा हालसम्म २६ हजार ७ सय ७१ ज्ना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७१ हजार २ सय ५३ पुगेको छ ।

त्यस्तै फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । भने हालसम्म त्यहाँ कोरोनाको कारण २४ हजार ८७ जनाको ज्यान गएको र १ लाख ६६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ६ हजार ५ सय बढीको ज्यान गइसकेको छ । भने त्यहाँ यो समाचार तयार पार्दासम्म १ लाख ६२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण हालसम्म १ हजार १ सय ५१ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म त्यहाँ ३४ हजार ७ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । साथै बितेको २४ घण्टामा ७२ जनाको ज्यान गएको छ । भने हालसम्म ९ हजार भन्दा बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?