कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त बनेको छ । नेपालमा पनि कोरोना भाइरसका ५७ संक्रमित फेला परेका छन् ।

त्यसमध्ये १६ जना उपचार पछि निको भएका छन् । विश्वमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख २९ हजार १८२ जनाको मृत्यु भईसकेको छ भने ३२ लाख ४४ हजार ५८६ जनालाई संक्रमण भएको छ ।

यसैबीच वैज्ञानिकहरुले कोरोना पत्ता लगाउनका लागि नयाँ टेक्निक अपनाएका छन् । कोरोना संक्रमित व्यक्तिहरु पत्ता लगाउनको लागि वैज्ञानिकहरुले जनावरलाई ट्रेनिङ दिन शुरु गरेका छन् ।

कुकुरलाई कोरोना भाइरसको संक्रमण सुँघेर पत्ता लगाउनको लागि ट्रेनिङ दिइरहेको बताइएको छ ।

वैज्ञानिकहरुको अनुसार कुकुरमा सुँघेर पत्ता लगाउन सक्ने क्षमता हुने भएकोले वैज्ञानिकहरुले कुकुरले सुँघेर कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन सक्ने दाबी गरेका छन् ।

वाशिंगटन पोस्टमा छापिएको एक रिपोर्टका अनुसार आठ लेब्राडोर रिट्रीभर नस्लका कुकुरहरुलाई कोरोना संक्रमण सुँघेर पत्ता लगाउने ट्रेनिङ दिइरहिएको छ ।

युनिभर्सिटी अफ पेन्सील्भेनीयामा एक रिसर्च टिमका अनुसार यदि कुकुर यस किसिमका भाइरस पत्ता लगाउन सक्षम भयो भने, एयरपोर्ट, मार्केट र अस्पतालमा देखिएका समस्याहरु हल हुने छन् ।

लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसनले ब्रिटेनको एक अंग्रेजी वेबसाइटमा छापेको आफ्नो एक रिपोर्टमा कुकुरले मलेरिया जस्ता रोग सहजै सुँघेर पत्ता लगाउन सक्दछ । त्यसैले अब कोरोना भाइरस पत्ता लगाउनको लागि पनि कुकुरको सहयोग लिने बताइएको छ ।

कुकुरमा भएका केहि प्रयोग सफल

LSHTM  का अध्ययनकर्ताहरुको दाबी छ कि, कोरोना भाइरस कुकुरले सुँघेर पत्ता लगाउन सक्ने धेरै सम्भावना रहेको छ । यस विषयलाई लिएर छिटै नै ६ हप्ताको ट्रेनिङ प्रोग्राम पनि शुरु गरिएको छ ।

वैज्ञानिकहरुका अनुसार कोरोना संक्रमितहरुमा छुट्टै प्रकारको गन्ध हुन्छ । कुकुरमा भएका केहि प्रयोगहरु सफल भएका छन् । कुकुरले मानिसको छालाको तापक्रममा भएको बदलाव पनि पत्ता लगाउन सक्ने वैज्ञानिकहरुको भनाई छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?