चीनले विश्वलाई कोरोनाको बारेमा चाँडै बताउनु पर्छ : ट्रम्प

काठमाडौं । राष्ट्रपति ट्रम्पले कोरोना महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताएका छन् । रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताएका हुन् ।

उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे । ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट प्रयास नगरेको आरोप पनि लाग्ने गरेको छ ।

साथै, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले गर्न सक्ने सबै काम गर्ने बताएका छन् । कोरोनाभाइरसको कारण ट्रम्पले पुनर्निर्वाचित हुनका लागि मुख्य मुद्दा बनाएको अमेरिकी अर्थतन्त्र धरापमा परेको छ ।


चीनसँग व्यापार युद्ध थालेका ट्रम्पले उनले चीनविरूद्ध के कस्तो कदम चाल्न सक्छन् भन्ने कुराको थप जानकारी दिएनन् । उनले रोयटर्सलाई भने,मैले गर्न सक्ने धेरै कुरा छन्। हामी के भयो भन्ने कुरा हेरिरहेका छौँ ।

यो दौडमा मलाई हराउन चीनले जे जति गर्न सक्ने गर्नेछ । रिपब्लिकन राष्ट्रपति ट्रम्पले सम्भावित डेमोक्र्याट उम्मेदवार जो बाइडेको नोभेम्बरको निर्वाचनमा जित होस् भन्ने चीनको चाहना रहेका पनि बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?