बाहिर भागौँ लकडाउन, भित्रै बसौँ ६ फिट लामो सर्प…

काठमाडौं । कोरोनाको यो संकटका बीच एक परिवार अर्काे संकटमा परेको छ । बाहिर भागौँ लकडाउन, भित्रै बसौँ ६ फिट लामो सर्प । भारतको राजस्थान केहि दिन अगाडि यस्तै धर्मसंकट परेको छ ।

घरमा ६ फिट लामो सर्प आएपछि उक्त परिवारका सबैको केहिबेर होसहवास उड्यो । उनीहरु निकै आत्तिए । बिहिवार विहान ६ बजे राजस्थानको जयपुरस्थित अजमेर रोडको केसीसी शहरमा बस्ने विजय शर्माको घरमा ६ फिट लामो विषालु सर्प देखियो ।

घरको काममा ब्यस्त उनीहरुले जब त्यति धेरै लामो सर्प देखे तब सबैको होश उड्यो । उनीहरु केहि घण्टासम्म त त्रासमा बसि रहे ।

केहि घण्टा पछि उनीहरुले वन विभागलाई फोन गरेर बोलाए । त्यसपछि वन विभागको टिम विजयको घरमा आईपुग्यो । त्यति सजिलो कहाँ थियो र सर्प नियन्त्रणमा लिन ।

४ घण्टाको परिश्रम पछि मात्र बल्ल वन विभागको टिमले सर्पलाई नियन्त्रणमा लिन सफल भएको थियो । ४ घण्टासम्म विजयको परिवार डरमा घरभित्रै बस्न बाध्य भएको थियो ।

वन विभागको टिमले सर्प लिएर गएपछि मात्र उनीहरु लामो श्वास फेरेको विजय शर्माले बताएको खबर भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?