लकडाउनमा लोकप्रिय बन्दै टिकटक

काठमाडौं । कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि लगाइएको लकडाउनमा चिनियाँ याप टिकटक अत्याधिक डाउनलोड भएको छ ।

छिमेकी देश भारतमा लकडाउनका समयमा टिकटकको लोकप्रियता अत्याधिक बढेको देखिएको हो । याप विश्लेषण कम्पनी याप एन्नीले चिनियाँ कम्पनी बाइटडान्सको टिकटक याप लकडाउनमा थप लोकप्रिय बनेको जानकारी दिएको छ ।

यो याप सामान्य अवधिमा भन्दा २० प्रतिशत बढी डाउनलोड भइरहेको र नयाँ डाउनलोड मात्र लगभग पाँच करोड भएको एन्नीको रिपोर्टमा जनाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?