दिनमा भन्दा रातमा किन धेरै रुन्छन् बच्चा ?

काठमाडौं । तपाई हामीले दिनमा भन्दा धेरै रातको समयमा स साना बच्चाहरु प्रायः रोएको सुन्ने गरेका छौँ होला । रातको समयमा किन बच्चा दिउँसो भन्दा धेरै रुन्छ भन्ने उत्सुकता तपाईलाई पक्कै भएको छ होला ? किनभने बच्चा दिउँसोको समयमा भन्दा रातीको समयमा धेरै रुने गर्दछन् । आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

बच्चाले जन्मिईसकेपछि विभिन्न नयाँ नयाँ कुराको अनुभव गरिरहेको हुन्छ । दिनमा विभिन्न नयाँ नयाँ गतिविधिहरुको अनुभव बच्चाले गरिरहेको हुन्छ । तर रातको समयमा भने सबै सुतेका हन्छन्, दिउँसो सुतेका कारण बच्चा राती ब्युँझने गर्दछ ।

राती अध्याँरो भएको कारण उ आफुलाई एक्लो महशुस गरिरहेको हुन्छ । उक्त कारणले पनि बच्चा दिउँसोको भन्दा राती धेरै रुने गर्दछन् ।

बच्चाले सानैदेखि सपना देख्ने गर्दछन् । यही क्रममा कहिलेकाँही डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात ब्युँझिन्छन् र रुन थाल्छन् ।

बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्दछन् । कहिलेकाँही बीचबीचमा असहज अनुभूति गर्दछन् । यसको प्रभावस्वरुप राति रुन थाल्दछन् ।

बच्चा आसपासको तापक्रम घटबढ हुँदा निद्राबाट ब्युँझिएर पनि रुन थाल्दछन् ।

कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासी अर्धहोस भएर रुन थाल्दछन् ।

बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा आछ्यान चिसो हुन्छ । चिसो भएपछि पनि बच्चा रुन थाल्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?