लकडाउन रमाउँदै सामुन्द्रीक जीव, भिडियो भाइरल

काठमाडौं । लकडाउनमा कारण एक तर्फ आर्थिक समस्याले सताईरहेको छ भने अर्को तर्फ प्रकृति सुन्दर र सफा बन्दै गएको छ ।

लकडाउनका कारण हावा, नदी, समुन्द्रमा प्रदूषण कम भएका छन् । जसका कारण प्रकृतिमा दुर्लभ दृश्यहरु देखिरहेका छन् । यसैबीच अहिले एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेरेपछि सबै मन्त्रमुग्ध भएका छन् । यो भिडियोभारतको मेरठको रहेको छ । गंगा नदीमा एक डल्फिन नदी सफा भएपछि आफ्नै धुनमा रमाईरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

आकाश दीप बाधवान नामक ट्वीटरबाट यो भिडियो शेयर भएको छ । भिडियोमा गंगा नदीको सफा पानीमा डल्फिन आनन्दले पोडिरहेको र खेलिरहेको दृश्य रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?