कपाल मिलाएकै कारण क्यानडाका प्रधानमन्त्री बने भाइरल

काठमाडौं । संसारमा आफूले गरिने बिभिन्न गतिविधिका कारण नै मानसिहरु चर्चाको विषयमा रहि राख्छन् ।

त्यस्ता गतिविधिले कहिले राम्रो नाम कमिन्छ भने कहिले बदनाम हुन्छ । तर चर्चा भने भई नै रहन्छ । यसैबीच अहिले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

कोरोनाभाइरस व्यवस्थापनका सम्बन्धमा मिडियासँग कुरा गर्ने क्रममा ट्रुडोले कपाल मिलाएको उक्त भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

हावाका कारण कपाल बिग्रिएपछि उनले हातले मिलाएको कपालको कलालाई सबैले सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन् । उनी ह्यान्डसमनेसका लागि विश्वप्रसिद्ध छन् ।

क्यानडामा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या २ हजार २९४ रहेको छ भने संक्रमितको संख्या ४३ हजार ५५२ रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?