विवाह गरेर घर भित्र्याउन लाग्दा दुलहीले बच्चा जन्माएपछि !

काठमाडौं । भारतको लखनौमा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ ।

बिनयकुमार यादवका छोरा २८ वर्षीय धिरजकुमारले लखनौकै एक शहरबाट धनीराम बर्माकी छोरीसँग मागी विवाह गरेका थिए । विवाह सकेर घर भित्र्याउने क्रममा गरिरहेको बेला दुलहीले बच्चा जन्माएको स्थानीयले बताएका छन् ।

घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइतीघर पठाईएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका धीरजकुमारले ४ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको थिए।

धिरज कुमारले भित्र्याउनै नपाई दुलहीले छोरो जन्माएपछि स्थानीइहरु अचम्मित बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?