टिकटक भिडियो बनाउँदा २२ वर्षे युवकको गयो ज्यान !

काठमाडौं । यतिबेला टिकटक भिडियो भाइरल बनाउने लहर छ । कति लाईक कति कमेन्ट र कति सेयर हुन्छ भनेर बनाउनेले पनि कामै छोडेर समेत हेर्नेहरु छन् ।

तपाई पनि टिकटक भिडियो बनाउन अनेक पोज तथा जोखिम मोल्नुहुन्छ भने तपाईको लागि सतर्क हुने समाचार छ ।

भारतको हैदराबादमा दुखद् घटना भएको छ ।  हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दैगर्दा २२ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ ।

नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा पोज दिँदै नाच्दै गर्दा उनी तलाउमा खसेको थिए ।

जेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस् :

गोपनीयता अरुलाई नसुम्पेको राम्रो : ‘टिकटक’ बाट हुनसक्छन् यस्ता नोक्सानी

गोप्य सूचना चोर्न मिल्ने भएपछि अमेरिकामा टिकटक प्रतिबन्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?