धनुषा प्रकरणः कहाँबाट आए ती महिला ?

धनुषा । धनुषामा दुई महिलाले सडकमा पैसा फालेर फरार भएको भन्ने प्रकरणमा अहिले विभिन्न टिकाटिप्पणी भइरहेको छ । शुक्रवारको सो घटनापछि प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पछि ती दुवै महिलामा आरडीटी परीक्षण हुँदा पोजेटिभ देखिएपछि तथ तरंग भएको छ । उद्यपि उनीहरुको पीसीआर रिपोर्ट आउन बाँकी नै छ ।

उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरु बस्दै आएको जनकपुर उपमहानगरपालिका वडा नं. ७ को आपत्तकालिन बैठक बसेर त्यसबारे निर्णय गरेको छ । बैठकले ती महिलाहरु बस्दै आएको स्थान सिल गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत जानकी टोललाई तत्काल सिल गर्ने निर्णय भएको छ । भोली विहान ६ वजेदेखि जानकी टोललाई सेनिटाइजर गरि सिल गर्ने र रेपिड जाँच तत्काल शुरु गर्ने निर्णय भएको सात नम्बर वडाका वडा अध्यक्ष जानकी राम शाहले बताए । ती महिलाहरु गृहिणी हुन् । ती महिला मध्ये एकको श्रीमान स्वर्गवास भइसकेका छन् भने छोरा वैदेशिक रोजगारमा रहेका छन् ।

अर्काे महिलाको श्रीमान वैदेशिक रोजगारीबाट धेरै पहिला फर्केका हुन् । प्रहरी श्रोतका अुनसार संक्रमित मध्ये एक महिला केही पहिलेमात्रै भारतको मधुवनी गएर फर्केकी हुन् । उनको छोरी मधुवनीमा बस्छिन् । छोरीलाई भेटेर उनी फर्केका हुन् ।

यस्तै अर्की महिलाको छोराले पठाएको पैसाबाट १० रुपैयाँको केही नोट बाटोमा खस्न पुगेको बयान दिएका छन् ।

यो समाचार पढ्नुभएको थियो ?

धनुषाको बीच सडकमा पैसा फाल्ने २ महिलाको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?