प्रमुख सेनानी विष्टको शव लिन सुडानतर्फ उड्यो विमान

काठमाडौं । हृदयाघातका कारण ज्यान गुमाएका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एअरलाइन्सको विमान सुडानतर्फ उडेको छ ।

नेपाली सेनाका प्रमुख सेनानी विष्टको शान्ती मिसनको ड्युटीकै क्रममा गएको १७ गते निधन भएको थियो । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको विमान सुडानको लागि उडेको हो ।

जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको प्रवक्ता पाण्डेले बताए।

प्रमुख सेनानी विष्टको हृदयघातका कारण सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको थियो । मिसनमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए । सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा थिए । उनका श्रीमती, एक छोरी र छोरा छन् ।

यो पनि पढ्नुहोस् : नेपाली सेनाका प्रमुख सेनानी विष्टको मृत्यु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?