नेपाली सेनाका प्रमुख सेनानी विष्टको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको मृत्यु भएको छ । प्रमुख सेनानी विष्टको हृदयघातका कारण सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो । विष्ट मिसनमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए ।

प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने जनाएको छ । मिशन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ।

संयुक्त राष्ट्र संघले मिसनमा मृत्यु हुने आफ्ना अधिकारीको शव सम्बन्धित देशबाट खटिएको फौज (सेना, सशस्त्र र प्रहरी) लाई हस्तानान्तरण गर्छ। उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन् । उनका श्रीमती, एक छोरी र छोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?