२०७८,असार,८,मंगलवार

कोरियाले तीन महिना भिसा थप्ने


काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ ।

कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीवार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ।

आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो । यसरी भिसा थपिएको यो दोस्रोपटक हो । कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए । यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् । यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् । हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ । उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ ।

भिसा थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट www.hikorea.go.kr वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइको छ ।

प्रकाशित मिति: २०७६,चैत्र,२८,शुक्रवार १०:१०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीको अवस्था नाजुक स्थितीमा पुगेको छ । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा आएको ह्रासका कारण वैदेशिक

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती

बेइजिङ । कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ)ले जनाएको छ

काठमाडौं – वैदेशिक रोजगार ऐन,२०६४ ले गरेको परिभाषा अनुसार वैदेशिक रोजगार भन्नाले नेपाली नागरिकले विदेशमा पाउने रोजगार सम्झनु पर्दछ भनेर