लकडाउनमा हैरान भएका चिम्पान्जी कार्टुन हेर्दै !

काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले सारा विश्व त्रसित छ । कोरोना भाइरस फैलिन नदिन अधिकांश देशहरुले पूरा देश नै लकडाउन गरेका छन् । त्यसैले मानिसहरु घरमै कैद भएर बस्न बाध्य छन् ।

मानिसहरुको त कुरै छोडौँ, जनावरहरु पनि लकडाउनका कारण हैरान भएका छन् । रुसी वाइल्ड लाइफ पार्कमा चिम्पान्जिहरु कोरोना भाइरसको लकडाउनका कारण पर्यटकहरु नआए पछि बोर हुँदै गएका छन् ।

त्यसैले उनीहरुको बोरलाई हटाउनको लागि कार्टुन शोबाट मनोरञ्जन गराउन थालिएको छ । वाइल्ड लाइफ पार्कमा चिम्पान्जी द लायन किंग समेत अन्य कार्टुन देखाइरहिएको छ ।

त्यहाँ जनावरको मनोरञ्जनका लागि दिनभरि कार्टुनवाला प्रोग्राम देखाइरहिएको छ । साथै पार्कमा खेलौनाको साथमा पनि जनावरहरु खेलीरहेका छन् ।

वाइल्ड पार्कमा रहेका दुई चिम्पान्जी जूमा आउने जाने मनिसहरुसँग भेट्न एकदमै मन पराउने गरेको पार्कका अधिकारीहरले बताएका छन् ।

चिडियाघरका कर्मचारीले, पर्यटक नआउनाले उनीहरु बोर भएको बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?