महामारीको असरले जम्मा १४८ रुपैयाँमा बिक्दै थियो आरामदायी घर, फेरी भयो यस्तो

काठमाडौं । यसबेला संसारका अधिकांश मानिसहरु कोरोनाको महामारी झेलिरहेका छन् । त्यसैले बिभिन्न देशहरुले आफ्नो देश पूरा लकडाउन गरेका छन् ।

हरेक देशले आफ्ना नागरिकहरुलाई सोसल डिस्टेन्सिंग बनाइराख्न सुझाएका छन् ।

यसैबीच यूकेको अक्सन कम्पनी सील एण्ड कोले अनलाइन घर लिलामी गरेको छ । अनलाइनमा घर किन्ने हजारौँ मानिसहरु भेला भएका छन् । कोरोनाको कारण घरका मालिकले उक्त घर मात्र नेपाली १४८ रुपैयाँमा बेच्ने फैसला गरेका थिए ।

यूकेको कार्डिफमा रहेको उक्त घरमा दुई बेडरुम छन् । उक्त घर देख्नमा एकदमै आरामदायी लाग्छ । त्यसैले लिलामीमा हजार भन्दा धेरैले भाग लिएका थिए ।

उक्त कम्पनीले घरको मूल्य जम्मा एक युरो अर्थात् १४८ नेपाली रुपैयाँ मात्र राखेको थियो । साथै कम्पनीले घरको मूल्य र अमाउण्ट अनलाईनमा सार्वजनिक गरेको थियो ।

कम्पनीले घरको मूल्य जम्मा १४८ रुपैयाँ राखेको थियो । तर मानिसहरुले घर किन्ने चहानामा धेरै बोल्दै जान थाले र अन्तिममा गएर उक्त घर ३० लाख ८४ हजार रुपैयाँका बिक्री भयो ।

कम्पनीले पछि भन्यो कि, कोहि पनि मानिसहरु प्रोपटी नदेखि कनै घरमा पैसा इन्भेस्ट गर्न तयार भए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?