बच्चाको पेटमा ११ वटा सुई फेला परेपछि डक्टर नै चकित !

काठमाडौं । भारतको तेलंगानामा ३ वर्षका बच्चाले गएको ६ महिना देखि पेटमा दुखेको भन्दै घर परिवारलाई त्यस बारेमा बताएका थिए ।

परिवारले सामान्य होला भन्दै त्यति ध्यान दिएनन् । तर बच्चालाई अत्याधिक दुख्न थालेपछि बच्चालाई लिएर परिवार अस्पताल गए ।

त्यस पटक डाक्टरले बच्चालाई अत्याधिक पीडा भएको देखेर उनको ‘एक्स रे’ गरेर हेरे । बच्चाको एक्स रे रिपोर्टमा उनको शरीरको तल्लो भागमा ११ सुईहरु भएको जानकारी मिल्यो ।

वानापर्थी जिल्लाको वीपनगण्डलामा बस्ने बच्चाका पिता पी अशोक र माता अन्नपूर्णमाले बच्चाले धेरै दुखेको भनेपछि अस्पताल ल्याएको बताए ।

डाक्टर श्रीनिवास रेड्डीले अप्रेशन गरेर अहिलेसम्म ८ वटा सुईहरु निकालिएको बताएका छन् । अझैपनि उनको शरीरमा ३ सुई निकाल्न बाँकी रहेको जानकारी दिएका छन् ।

उनका आमा बुवाले भने बच्चालाई ति सुईहरु कोहि नातेदारले खोपिदिएको आशंका गरेका छन् । पुलिसले अहिले उक्त विषयमा केस दर्ता भएपछि अनुसन्धान थालेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?