समुन्द्रमा बनेको यो मन्दिरको सुरक्षा स्वयं नागले गर्छन् !

काठमाडौं । संसारमा धेरै मन्दिरहरु रहेका छन् । नेपालसहित विश्वभरमा धेरै मन्दिरहरु रहेका छन् ।

त्यस्तै मुश्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको इण्डोनेशियामा रहेको एक मन्दिर समुन्द्रको एक चट्टानमा स्थित रहेको छ ।

उक्त मन्दिरको कहानी एकदमै रोचक रहेको छ । इण्डोनेशियामा यो मन्दिरलाई तनाह लोत मन्दिर भन्ने गरिन्छ । त्यसको मतलव हो, समुन्द्री भूमी ।

यो मन्दिर बालीको सागर तटमा बनेका ७ मन्दिरहरु मध्येको एक हो । जसलाई एक श्रृंखलाको रुपमा निर्माण गरिएको थियो ।

एउटा मन्दिरबाट अर्काे मन्दिर स्पष्टरुपमा देख्न सकिने गरि बनाइएको छ । मन्दिरको मान्यता यो रहेको छ कि, मन्दिरहरुलाई समुन्द्रमा रहेका नागहरुले सुरक्षा गर्दछन् ।

साथै मन्दिरको बारेमा अर्काे प्रचलित मान्यता यो छ कि, मन्दिरका पूजारी निरर्थले आफ्नो शक्तिले मन्दिरको रक्षाका लागि नाग पैदा गरेका थिए । र उक्त नाग नै अहिलेसम्म पनि मन्दिरको सुरक्षामा तैनाथ रहेको छ ।

तनाह लोत मन्दिरको निर्माण १५ औँ शताब्दीका निरर्थ नामका एक पूजारीले गरेका थिए । उनले माझीहरुलाई त्यहाँ देवताको मन्दिर बनाउन लगाएका थिए ।

उक्त मन्दिरमा अहिले पनि पूजारी निरर्थको पनि पूजा हुने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?