लकडाउन : अचानक गाउँको सडकमा गैंडा आएपछि मच्चियो भागदौड !

काठमाडौं । कोरोना भाइरसले अहिले सारा विश्वलाई तहसनहस बनाएको छ । अधिकांश देशहरुले कोरोनाको महामारीलाई मध्यनजर गर्दै पूरा देश लकडाउन गरेका छन् ।

शहरका मुख्य सडकमा पनि यातयातका साधन कमै मात्र गुड्ने गर्दछन् । यसैबीच लकडाउनका कारण जंगली जनावरहरु सडकमा जताततै घुमिरहेको देख्न पाईएको छ ।

सोसल मिडियामा यसबेला एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक गैंडा सडकमा रमाईलोसँग घुमिरहेको देखिएको छ ।

https://twitter.com/i/status/1247080976330551298

एक दुई जनामात्र सडकमा हिँडेको देखिन्छ । अचानक गैंडालाई सडकमा देखेपछि उनीहरु डराएर भाग्छन् । यो भिडियो आईएफएस अफिसर प्रवीण कासवानले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?