कोरोनाको मिठाई बनाएर बेच्दै पसले, सामाजिक सञ्जालमा भाइरल !

काठमाडौं । मिठाई सबैलाई मन पर्ने कुरा हो । हामी कुनै बेला पनि मिठाई पाउनासाथ मिठो मानेर खान्छौँ । अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी बढी रहेको छ ।

नेपालसहित विश्वका २०९ वटा देशहरुमा फैलिईसकेको छ । यसैबीच भारतको एक मिठाई पसलमा एउटा कोरोना भाइरस जस्तै देखिने मिठाई बनाईएको छ ।

पसललेले उक्त मिठाईलाई कोरोना सन्देश नाम दिएका छन् । बंगालकी एक महिलाले कोरोना सन्देश मिठाईको फोटो सामाजिक सञ्जालमा पौसट गरेपछि अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त पसलमा कोरोना भाइरस जस्तै देखिने मिठाईहरु बनाएर बेचिँदै छ । मानिसहरुले सामाजिक सञ्जालमा उक्त कोरोना मिठाईको फोटो शेयर गर्दै बिभिन्न प्रतिक्रिया दिई नै रहेका छन् ।

पश्चिम बंगालमा दूध नष्ट भएर जान थालेपछि मुख्यमन्त्री ममता बनर्जीले पसलेहरुलाई राहत स्वरुप ४ घण्टाका लागि पसल खोल्न दिएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?