काठमाडौं – सयुक्त अरब ईमिरेट्स (युएई)मा एकजना नेपालीको ज्यान गएको छ। रुपन्देही देबदह ६ की बिनु पराजुलीको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको हो ।
उनको गत शुक्रवार ३ तारिकमा मृत्यु भएको आज प्राप्त रिपोर्टबाट पुष्टि भएको छ । युएईमा ११ जना नेपालीमा संक्रमण रहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर ७० हजार ६८० जनाको मृत्यु भएको छ भने १२ लाख ९२ हजार ३६१ जनामा संक्रमण देखिएको छ । त्यस्तै २ लाख ७२ हजार ५ सय १ जना उपचारपछि निको भएर घर फर्केका छन् । विश्वभर ४६ हजार १ सय १० जनाको अवस्था गम्भिर रहेको छ ।
नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् भने बाँकीको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया