जहाँ जमीन र आकाशबाट आगोको वर्षा हुन्छ !

काठमाडौं । हाम्रो पृथ्वी रहस्यले भरिएको छ । त्यस्तै रहस्यले भरिएको ठाउँ हो उत्तरी अफ्रीकाको इथियोपिया देशमा रहेको डानाकिल डिप्रेशन । उक्त ठाउँमा धर्ती भन्दा भित्र पनि आगो लागेको छ र आकाशबाट पनि आगोको नै वर्षा हुन्छ ।
यो ठाउँ देख्नेहरुले धर्तीको एक टुक्रा मात्र नभएर अर्काे ग्रह बताउने गरेका छन् । यो ठाउँ संसारकै सबैभन्दा गर्मी ठाउँ पनि हो । साथै भन्दा सुक्खा ठाउँ र पृथ्वीभन्दा सबैभन्दा तलको ठाउँ पनि हो ।

त्यहाँ वर्षदिनमा जम्मा १०० देखि २०० मिलीमिटर मा पानी पर्दछ । त्यहाँको तापक्रम ३५ डिग्री सेल्सियस रहेको छ ।
यो ठाउँ समुन्द्र भन्दा १०० मिटर तल पर्दछ । त्यहाँ तातो पानीका केहि श्रोत तथा झरनाहरु पनि रहेका छन् ।

जसका कारण धर्तीमा पनि आगो निस्किन्छ र आगोको वर्षा पनि हुने गर्दछ । उक्त ठाउँमा नुनहरुका पनि केहि श्रोतहरु रहेका छन् ।

उक्त नुनको श्रोत त्यहाँ बस्नेवालाहरुको रोजीरोटी हो । त्यहाँ अफार समुदायका मानिसहरु बसोबास गर्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?