खरिपाटी क्वारेन्टाईनमा रहेका ९४ जनाको कोरोना टेष्ट रिपोर्ट नेगेटिभ, रेड जोनमा छन् २४ जना

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिपाटी क्वारेन्टाईनमा रहेका ९४ जनाको टेष्ट रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मन्त्रालयले चैतमा विदेशबाट आएका सबैको कोरोना र्‍यापिड टेष्ट हुने जनाएको छ ।

आज पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयले चैत महिनामा नेपाल प्रवेश गर्ने सबैको कोभिड – १९ को र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने भएको हो । नेपालमा कोरोना भाइरस ‘कोभिड १९’ को आशंकामा हालसम्म १५ सय २९ वटा टेष्ट गरिएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थपे, हिजोको बैठकले कञ्चनपुरमा विदेशबाट आएका क्वारेन्टाइनमा रहेकाहरुको समेत र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने निर्णय गरेको छ। कैलाली र बाग्लुङमा भेटिएका कोरोना पोजेटिभ कोभिड १९ संक्रमितको घर परिवार तथा सम्पर्क भएका हरुमा पनि र्‍यापिड टेस्ट गर्ने निर्णय भएको थियो ।

यसरी गरिएको र्‍यापिड टेस्टबाट कोभिड १९ पोजेटिभ देखिएमा पिसिआर प्रविधिबाट पनि पुनः परीक्षण गरिनेछ । मन्त्रालयका अनुसार काठमाडौंमा १२ जना काठमाडौंबाहिर १ सय १ जना आईसोलेसनमा रहेका छन् । यसअर्थ नेपालमा हालसम्म १ सय १३ जना आईसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

हिजो ३ जना संक्रमित देखिएको कुरा दोहोर्याउँदै डाक्टर देवकोटाले भने, कैलाली, कञ्चनपुर र बाग्लुङमा ति संक्रमितको सम्पर्कमा आएकाहरुको र्यापीड टेष्ट प्रविधीबाट जाँच गरिने बताए । साथै तिनमा पोजेटिभ देखिए पुन पिसिआर प्रविधीबाट परिक्षण गरीनेछ । उनका अनुसार रेड जोनमा २४ जना छन् ।”

यसैबीच नियमित पत्रकार सम्मेलन लाईभ गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अफिसियल साईटमा प्रवक्ता बोल्दा निकैपटक अड्किएर पूरा विवरण नसकिँदै भिडियो काटिएको थियो । कोरोना भाइरस कोभिड १९ बाट देश र जनतालाई बचाउन नेपाल सरकारले लकडाउन गरेको १३ औँ दिन भएको छ ।

पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार हिजो मन्त्रालयका दुईवटा नम्बर ११५१ र ११३३ मा २७ सय ६६ कलको जवाफ दिएको भन्दै धेरैले ‘लोकल ट्रान्समिसन ’बारे सोधेको बताए ।

हिजो ३ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमितको संख्या ९ पुगेको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको देवकोटाले जानकारी दिएका थिए । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

हिजो जानकारी गराइएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएकोले मेडिकल भाषामा त्यसलाई ‘लोकल ट्रान्समिसन ’ भनिन्छ । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ६५ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ भने १२ लाख १८ हजार ९ सय ९१ जना संक्रमित छन्। २ लाख ५३ हजार ६ सय २६ जना उपचारपछि निको भएका छन् ।

हालसम्म संक्रमण २ सय ७ देशमा फैलिएको छ । सबैभन्दा धेरै ईटलीका जनताले ज्यान गुमाएका छन् । छिमेकी मूलुक भारतमा यो समाचार तयार पार्दासम्म ९९ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय ८८ जनामा संक्रमण पाइएको छ ।

यो पनि पढ्नुहोस् ।

कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो ? 

चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?