बीच सडकमा पुलिसहरु बने भूत, सबैमा जागरुकता फैलाउँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई बचाउन अधिकांश देशहरुले आफ्नो नागरिकहरुलाई बिभिन्न नियमहरुको पालना गर्न लगाईरहेको छ । र संक्रमण फैलिनबाट रोक्नका लागि लकडाउन गरेको छ ।

यसैबीच भारतको मध्य प्रदेशमा पुलिसले अनौठो तरिका अपनाएको छ ।

अनौठो तरिकाबाट पुलिसहरुले कोरोनाको महामारीबाट लड्ने उपाय बताएको छ । पुलिसले भूतको भेष लगाएर कोरोना महामारीबाट बच्ने तरिका आम मानिसहरुलाई सिकाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनेको हो ।

भारतको इन्दौरस्थित विजय नगर पुलिसले कोरोना भाइरसबाट बच्न मानिसहरुमा जागरुकता फैलाउनका लागि स्वयंसेवकको टिम बनाएर भूत बन्दै सबैमा कोरोनाबाट बच्ने उपाय बताईरहेको भिडियो सोसल मिडियामा भाइरल बनेको हो ।

पुलिसले यसरी नै उक्त जागरुक्ता फैलाउने काम गाउँ गाउँमा गएर जानकारी दिन थालेको उक्त भिडियो सोसल मिडियामा तीव्र गतिमा भाइरल बनेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?