लकडाउन तोड्नेलाई पुलिसले यसरी गर्यो कारवाही !

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई बचाउन अधिकांश देशहरुले आफ्नो नागरिकहरुलाई बिभिन्न नियमहरुको पालना गर्न लगाईरहेको छ ।

र संक्रमण फैलिनबाट रोक्नका लागि लकडाउन गरेको छ । तर मानिसहरु भने लापरावाही गर्दै सरकारको नियम तोडिरहेका छन् । भारतमा एउटा यस्तै घटना भएको छ ।

भारतको बिलासपुरका एक युवकले लकडाउन तोडेर घुमिरहेको फोटो भाइरल बनेको छ । पुलिसले उनलाई कारवाही स्वरुप लाजमर्दाे बनाइदिएको छ ।

त्यत्तिकै बाटोमा लकडाउनको बेला घुमेपछि पुलिसले उनलाई आरती उतारेर लाजमर्दाे बनाएको हो । साथै पुलिसले तिलक टिका लगाएको थियो ।

पुलिसले लकडाउनका बेला सडकमा घुमिरहेका उक्त व्यक्तिलाई कारवाही स्वरुप त्यस्तो गरेको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?