पैसामा थुकेर टिकटक बनाएपछि युवक गिरफ्तार !

काठमाडौं । कोरोना भाइरसको महामारीबाट सारा विश्व त्रसित छ । अधिकांश देशहरुले महामारीबाट बच्नको लागि पूरा देश लकडाउन गरेका छन् ।

त्यसैले मानिसहरु घरमै बस्न बाध्य छन् । भारतको महाराष्ट्रस्थित मालेगाउँमा बस्ने सैयद जमिल नामका एक व्यक्तिले आफ्नो टिकटक आईडीमा एक भिडियो बनाएर हाले ।

र भिडियोमा कोरोना भाइरसको बारेमा अनावश्यक कुराहरु गरे । भिडियोमा ति व्यक्ति पैसामा थुक लगाएर कोरोनाको कुनै औषधी छैन, यो अल्लाहको हातमा छ भन्दै गईरहेको सुनिन्छ ।

पैसालाई थुकेको र कोरोना भाइरसको अनावश्यक अफवाह फैलाएपछि उनलाई पुलिसले गिरफ्तार गरेर लिएर गएको खबर भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?