भगवान रामलाई वनवास गएको देखेपछि रुन थालिन् महिला !

काठमाडौं । कोरोना भाइरसको असर नेपालसहित सारा विश्वमा फैलिइरहेको छ । अधिकांश देशहरुले महामारी फैलिनबाट रोक्नको लागि लकडाउन गरेका छन् ।

अहिले विश्वका आधा मानिसहरुको संख्या घरभित्रै रहेका छन् । टिभीमा पनि कार्यक्रमहरु सुटिङ गर्न नमिलेपछि पुराना भिडियोहरु प्रसारण भईरहेको छ ।

यसैबीच भारतमा एउटा घटना भएको छ । लकडाउनमा प्रसारण भईरहेको रामायणलाई फेरी प्रसारण गरिँदै छ । यसैबीचमा एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भिडियोमा एक परिवार घरमा बसेर रामायण हेरिरहेका छन् । उक्त एपसिोडमा भगवान श्रीराम बनबास गईरहेका छन् । रामलाई वन गएको देखेपछि एक महिला रुन थाल्छिन् ।

महिलाको आँखामा आँशु देखेपछि आमालाई उनकी छोरी के गरिराख्नु भएको छ भनेर सोध्छिन् । र भन्छिन् तपाई नभएर राम बनवास जाँदैछन् । उक्त भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?