शहर घुम्न गधा चढेर निस्किएका दुईजनालाई प्रहरीले गर्यो यस्तो कारवाही

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । छिमेकी देश भारतले पनि यसको महामारी खेपीरहेकै छ ।

महामारीलाई मध्यनजर गर्दै भारत सरकारले २१ दिनको लागि लकडाउन गरेको छ । यसैबीच भारतको मेरठमा एउटा अनौठो घटना साम्ने आएको छ ।

त्यहाँ लकडाउनमा पनि दुई युवक शहर घुम्नको लागि निस्किएका थिए । तर उनीहरुले लकडाउनका बेला इलाकाबाट पास लिनको लागि आफ्नो सवारी भएको बताए । तर आफ्नो सवारी उनीहरुले बाईक र गाडी नभएर गधालाई बनाएका थिए । दुबै जना गधामा बसेर यताउती घुम्न थाले ।

जब गधामा बसेर युवकहरु मेरठको शाहपीर गेटमा पुगे तब पुलिसकर्मीहरुले उनीहरुलाई समातेर कारवाही गर्याे । उनीहरुलाई लकडाउनका बेला नियम तोडेपछि अनौठो सजय दिइएको छ ।

उनीहरुलाई पुलिसले न त जरिवाना तिरायो न त पिट्यो नै । उनीहरुलाई प्रहरीले त्यहाँ रहेका जति सबैका अगाडि लगेर कान समातेर उठ बस गर्न लगाएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?