अमेरिकामा समुन्द्री जनावरले गर्छन् परमाणुको हतियारको सुरक्षा !

काठमाडौं । हरेक देश आफ्नो सीमा सुरक्षाका लागि सेना खटाउँछ । साथै हतियारहरुको सुरक्षाको लागि पनि सेना परिचालन गरेको हुन्छ । तर अमेरिकाको सिएटेल शहरबाट २० मील टाढा अमेरिकी नेवीको बेस क्याम्पमा रहेका परमाणु हतियारको रक्षा डल्फिन तथा सी लायनले गरिरहेको छ ।

जसलाई नेवल बेस किटस्याप पनि भन्ने गरिन्छ । एक रिपोर्टका अनुसार अमेरिकाका लगभग एक चौथाई परमाणु हतियार त्यहिँ राखिएको छ ।

त्यहि कारणले गर्दा नै उक्त ठाउँलाई संसारमा परमाणु हतियारको भण्डार भन्ने गरिन्छ । उक्त परमाणु रक्षाको लागि ८५ डल्फिन र ५० समुन्द्री लायन्स खटाइएको छ ।

रिपोर्टका अनुसार डल्फिन र सी लायन्सको शरीरमा एक बाइट प्लेट फिट गरिएको छ ।

कोहि पनि त्यहाँ गएको खण्डमा समुन्द्री जीवको शरीरमा रहेको प्लेटमा उसको अनुहार देखिन्छ र जबसम्म समुन्द्री जीवको ह्यान्डलरसम्म मानिस पुगेको हुँदैन तबसम्म त्यहाँबाट निस्कन सक्दैन ।

समुन्द्रको गहिराईसम्म पनि समुन्द्री जनावरहरु जाने भएको कारणले उनीहरुलाई परमाणु हतियारका लागि तैनाथ गरिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?