एउटा गाउँमा बस्छिन् मात्रै एक महिला, यस्तो छ रहस्य !

काठमाडौं । हाम्रो संसार बिभिन्न कुराहरुले गर्दा रहस्यमयी र अनौठो छ ।

हामीले यस्ता धेर रोचक कहानी सुनेका पनि होलाउँ जसले हामीलाई रहस्मयी सोच्न र बन्न बाध्य गरिदिन्छ । तर तपाईले कहिल्यै यस्तो गाउँको बारेमा सुन्नु भएको छैन होला, जहाँ पूरा गाउँमा एकमात्र महिला बस्दछिन् ।

यो कुरा सुन्दा त हामीलाई अचम्म लाग्छ नै तर यो वास्तविक र सत्य पनि हो । उक्त गाउँको नाम हो मोनोवी । यो गाउँ अमेरिकाको नेब्रास्का राज्यमा पर्दछ ।

जहाँ ८४ वर्षकी वृद्ध महिला एल्सी आइलर मात्र बस्छिन् । एक रिपोर्टका अनुसार एल्सी उक्त गाउँमा एक्लै यस कारण बस्छिन्, किनभने आफ्नो गाउँलाई कसैलै भूत गाउँ नभनोस् ।

उनी उक्त गाउँको रेखदेख सबै एक्लै गर्दछिन् । साथै उनी गाउँको पानी र बिजुलीको सबै पैसा (५०० डलर) पनि आफैँ तिर्दछिन् ।

उनलाई सार्वजनिक जमिनको रेखदेख गर्दा सरकारे केहि पैसा पनि दिन्छ । उक्त गाउँकी एकमात्र नागरिक भएकोले उनी नै त्यहाँकी मेयर, क्लर्क र अफिसर हुन् ।

मोनोवी गाउँ पहिला त्यस्तो थिएन, सन् १९३० सम्म त्यहाँ लगभग १३० जना नागरिक थिए । तर अब उक्त गाउँमा एकमात्र महिला बस्दछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?