प्रधानमन्त्रीको सचिवालयले आफूविरुद्धको समाचार हटाइदिएको प्रकरणमा बोले प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयका आइटी सल्लाहकार नै सञ्चालक रहेकाेे आइटी कम्पनीबाट अनाधिकृत रुपले हटाइनु असहाय र पिडादायी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै नेता पौडेलले कोरोना भाइरस ‘कोभिड १९’ का लागि आवश्यक स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको भन्दै सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरेको र यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको प्रति प्रतिक्रिया जनाउँदै लेखेका छन्, ”हामी यतिबेला मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकटग्रस्त अवस्थामा बाँचिरहेका छौं । तर,स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको छ । सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरेको छ । यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ।हिजो सम्म प्रम र स्वास्थ्यमन्त्रि यसका बारेमा जवाफ दिन आबश्यक ठान्दैनथे।संकटको यो घडीमा सत्ताबाट गरिएका यी हर्कत असहयै र पिडादायी छन् । यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छरुयस्तो अबस्थामा यसको कडा प्रतिवाद जरुरी छ।”

भएको के हो ? 

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीमाथि काठमाडौं प्रेस नामक अनलाइनको साइट नियन्त्रणमा लिएको आरोप लागेको छ।
स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत चीनबाट मेडिकल सामग्री खरिद विषयमा अलीसमेतको संलग्नता रहेको समाचार प्रकाशित गरेपछि उनले सो अनलाइन न्युज पोर्टल अनधिकृत नियन्त्रणमा लिएर समाचार हटाएको आरोप हो ।
अलीले सो समाचार हटाउन पटकपटक दबाब दिएको तर आफूले नमानेपछि उनले न्युज पोर्टल नै नियन्त्रणमा लिएर हटाईदिएको पोर्टलका सम्पादकले जानकारी दिएका छन् ।

यसअघि : 

कम्तिमा १४ दिन सम्पुर्ण नेपाल लकडाउन गरौँः प्रदिप पौडेल  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?