कम्तिमा १४ दिन सम्पुर्ण नेपाल लकडाउन गरौँः प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले जनतामा भएको त्रास कम गर्न सरकारले कम्तिमा १४ दिन लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।

धेरै देशका जनताहरुले कोरोना ९ (कोभिड – १९) भाईरसलाई हेलचेक्राई गर्दा यो भाईरस धेरै फैलिएको र धेरै मान्छे संक्रमित भएको देखिन गएकोले नेपाल सरकारसँग त्यस्तो अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सरकारलाई सुझाव दिँदै पौडेलले लेखेका छन्, “कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गरौं नेपाली जनतामा जुन त्रास छ त्यो हटाउँने तर्फ हामी सबै एक हौ र सरकारलाई साथ दिऊ” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?