१८ तलाबाट आत्महत्या प्रयास गर्दा बाँचिन् यी महिला

काठमाडौं । चीनको शैनडोग प्रान्तमा एक महिलाले १८ तलाबाट आत्महत्या गर्न कुदेकी थिइन् । तर उनी बाँच्न सफल भइन् । यो घटना जुलाईको हो । एक व्यत्तिले यी महिलार्ला १८ तलादेखि हामफराल्नको लागि तयारी अवस्थामा देखेका थिए ।

उनले तुरुन्त प्रहरीलाई खबर गरिदिएका थिए । यसबारे जानकारी पश्चात प्रहरी तुरुन्त घटनास्थल पुगेर ती महिलालाई सम्झाएको थियो । उनले प्रहरीको कुरा नसुनी कुदेकी थिइन् ।
उक्त समयमा फायरब्रिगेडले जमिनमा गद्दा बिच्छाइदिएका थिए । उनी सिधै गद्दामा झरेकी थिइन् ।

झरेपछि उनलाई तुरुन्त अस्पताल लगिएको थियो । उनी खतराबाट बाहिर रहेको जनाइएको छ । उनको अनुहारमा चोट लगेको थियो । उक्त चोटको उपचार भइरहेको छ । उनले आत्महत्या गर्ने कोशिश किन गरिन् भन्ने आजसम्म खुलासा गरिएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?