२५ वर्षदेखि पात खाएर बाँचेका यी व्यक्ति

काठमाडौं । पाकस्तानको पंजाब प्रान्तमा बस्ने एक व्यक्ति अत्यन्त गरिबीका कारण पछिल्लो २५ वर्षदेखि रुखको पात खाएर जीन्दगी गुजारिरहेका छन् । महमुद बट्टसँग खानको लागि केही नभएपछि बाँच्नको लागि उनले रुखको पात खान थालेका थिए । तर यति वर्षसम्म पात खादाँ पनि उनी बिरामी भने भएका छैनन् ।

आफ्नो परिवार धेरै गरिब भएका कारण आफ्नो लागि खाना जुटाउन मुश्किल भएकाले सडकमा भीख माग्नु भन्दा रुखको पातबाट गुजारा चलाउन सजिलो भएका कारण शुरु गरेका उनले बताएका छन् । उक्त समयमा उनको आर्थिक स्थिती राम्रो नभएको कारण पात खाने आदत बनेको छ । हाल आफ्नो आर्थिक अवस्था राम्रो भएपनि उनले पात खाने आदत छुटाउन सकेका छैनन् ।

हरेक दिन ६०० रुपैयाँ कमाउने हुदाँ पनि रुखको पात नै खौज्दै खाने गरेको उनका छिमेकीले बताएका छन् । उनले आफ्नो गधा गाडी सडकमा रोकेर रुखको ताजा पात खोजेर खाने गरेका छन् ।

बट्ट आफ्नो अनौठो आदतको कारण बिरामी नभएर उक्त स्थानमा लोकप्रीय भएका छन् । उनलाई आजसम्म डाक्टरको मा लैजान परेको छैन् । उनलाई देख्ने मानिसहरु रुखका पात खाएर यी व्यक्ति कसरी स्वस्थ्य भएकोमा अचम्ममा परेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?