धर्तीको कैलाश धाम, निर्माण गर्न लागेको थियो १०० वर्ष

काठमाडौं । संसारमा केहि अद्भुत तथा चमत्कारी मन्रिको रुपमा परिचय बनाएका मन्दिरहरु पनि छन् । तर सबै मन्दिरहरुका फरक-फरक मान्यताहरु छन् ।

त्यसै मध्येको एउटा मन्दिर भारतको औरंगाबादस्थित शिव मन्दिर पनि हो । यो मन्दिर एलोरा गुफामा रहेको छ । त्यसैले उक्त मन्दिरलाई कैलाश मन्दिरको नामबाट पनि चिन्ने गरिन्छ ।

उक्त मन्दिरको महत्व कैलाशको मन्दिर भन्दा कम नभएको स्थानीयहरु बताउँछन् । २७६ फीट लामो, १५४ फीट चौडाईको यो मन्दिरको विशेषता भनेको एउटै चट्टानलाइ फोरेर बनाइएको छ ।

मान्यताका अनुसार त्यहाँ दर्शन गर्दा कैलासमा दर्शन गरेको फल मिल्ने गर्दछ । यो धामको निर्माण गर्न लगभग १०० वर्ष लागेको थियो ।

यस मन्दिर निर्माणमा सबैभन्दा पहिला राष्ट्रकुट वैशका नरेश कृष्णले गरेका थिए । तर अचम्मको कुरा त के छ भने त्यहाँ कोहि पनि पूजारी छैनन् ।

युनेस्कोले सन् १९८३ मा उक्त ठाउँलाई ‘विश्व विरासत स्थल’ घोषित गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?