किचेनमा ट्यालेन्ट देखाउन छिरेका थिए एक व्यक्ति, फेरी भयो यस्तो…

काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई नै तहसनहस बनाएको छ । संक्रमणको खतराबाट बच्नको लागि सरकारले पूरा देशलाई नै लकडाउन गरेको छ ।

यसैबीच भारत सरकारले पनि महामारीलाई मध्य नजर गर्दै २१ दिनसम्म लकडाउन गरेको छ । यस्तो बेलामानिसहरु घरमै थन्किएर बस्न बाध्य छन् ।

घरमा बसेरै पनि केहि मानिसहरु नयाँ काम गरिरहेका छन् । हालै एउटा भिडियो सोल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक व्यक्ति रोटी पकाउन सिकिरहेका छन् । तर जब उनी रोटी बेल्न जान्छन् तब सबै पीठो उनको मुखमा पर्छ । त्यसपछि उक्त व्यक्ति बेल्ने कुरामा समस्या छ भन्न थाल्छन् ।

त्यसपछि उनकी श्रीमतीले जिस्काएर भन्छिन्, ‘नाच्न नजान्ने आँगन टेढो ।’ अहिले उक्त भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?