अचानक गरिबको खातामा पैसा जम्मा भएपछि बैंकको छुट्यो पसिना !

काठमाडौं । यदि तपाईको बैंक खातामा अचानक पैसा जम्मा हुन थाल्यो भने तपाई कस्तो महशुस गर्नुहोला रु पक्कै पनि खुसी र अचम्मित हुनुहुनेछ । तर यस्तै भएको छ भारत पश्चिम बंगालको बर्धमान जिल्लामा, जहाँ १५० जनाभन्दा बढीको खातामा २ हजारदेखि २४ हजार रुपैयाँसम्म जम्मा भएको छ ।

खातामा रहस्यमय तरिकाले रकम जम्मा हुन थालेपछि ग्राहक त खुसी भएका छन् नै, तर बैंक व्यवस्थापनलाई यस घटनाले पसिना छुटाएको छ । पैसा कहाँबाट जम्मा भयो भन्ने विषयमा बैंक कर्मचारीलाई हैरान बनाएको छ ।

बैंक अधिकारीहरु यो सब रकम एक्सिस बैंकबाट एनईएफटीमार्फत् जम्मा भएको हुनसक्ने बताउँछन् । स्टेट बैंक अफ इन्डियाको कटवा शाखा प्रबन्धक धर्मदास मण्डलका अनुसार जनवरी १ का दिन सबै पैसा जम्मा भएको हो । तर अहिलेसम्म यो खुलेको छैन कि, पैसा किन र कसरी ती व्यक्तिको खातामा जम्मा हुन पुग्यो ।

२ दिनमा बैंकमा यसरी पैसा जम्मा भएको खबर सबैतिर आगोझैं फैलिएपछि बैंकमा आफ्नो खाता जाँच गर्नेको भीड लागेको छ । यतिमात्र नभई पैसा गुमनाम हुने भयले कतिपयले आफ्नो खाताको पैसा निकाल्न समेत थालेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?