कोरोना लकडाउन : ड्रोनबाट कुकुरलाई बाहिर घुमाउँदै !

काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा महामारीको रुप लिएको छ । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म ७ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

कोरोनाका कारण मानिसहरुले स्वयंलाई आइसोलेट गरिरहेका छन् । अधिकांश देशहरुले कोरोनाका कारण लकडाउन गरेका छन् ।

यसैबीच एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल भईरहेको छ । उक्त भिडियो भित्र एक व्यक्ति आफ्नो कुकुरलाई ड्रोनको सहयोगले बाहिर घुमाइरहेका छन् ।

त्यति मात्रै होइन, उसलाई बाँध्ने डोरी पनि ड्रोनमा बाँधिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?