आधा रातको निन्द्रामा मानिसहरु पत्थर बन्न थालेपछि…

काठमाडौं । कोरोना भाइरसबारे बिभिन्न फेक न्युजहरु सोसल मिडियामा अहिले अफवाह खबरहरु फैलिइरहेका छन् । यसैबीच भारतको उत्तर प्रदेशको बिजनौर र अलीगढमा अचानक आधी रातमा निदाईरहेका मानिसहरु पत्थर बन्ने अफवाह समाचार फैलिएको छ ।

त्यहाँका बासिन्दाहरु उक्त खबर सुन्नासाथ सबै घर बाहिर भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै सोहि गाउँमा नै ठूलो भूकम्प जाने अफवाह समेत फैलिएको छ । कोरोनाका कारण पहिले देखि नै त्रसित बनेका स्थानीयहरु अफवाह समाचार फैलिएपछि झनै त्रसित बनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अफवाह खबर फैलाउँदै हिड्ने ८ जनालाई अहिले पुलिसले पक्राउ गरेर उनीहरुमाथि शोधपुछ गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?