२०७६, १७ चैत्र सोमबार १२:५९

कोरोना संक्रमित महिलाले जन्माईन् जुम्ल्याहा बच्चा, राखिन कोरोना र भाइरस नाम


प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार १२:५९

काठमाडौं । कोरोना भाइरस संक्रमित महिला अस्पताल भर्ना भइन् । उनी गर्भवती थिइन् । संक्रमणकै अवस्थामा जुम्ल्याहा बच्चालाई शनिबार जन्म दिइन् ।

यो घटना मेक्सिको हो । जन्मिएका छोरा र छोरी बच्चाको नाम राखियो कोरोना र भाइरस ।  ३४ वर्षकी अन्नामारिया जोसे राफेलले एक छोरा र एक छोरीको जन्म दिएकी हुन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा उपचाररत राफेलले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

महिलाले बच्चाको नाम राख्ने योजना नबनाएपनि चिकित्सकले मजाक गरेर कोरोना र भाइरस राख्न सुझाएका थिए । उनले पनि यसलाई स्वीकार्दै साँच्चै नाम राखिदिइन् । उनले नाम मन परेको बताइन् । राफेलले भनिन्, ‘जब मलाई संक्रमण भएको थाहा पाएँ मैले शिशुहरुलाई अमेरिकी नागरिकको रुपमा अर्को हप्ता अमेरिकामा जन्माउन चाहेकी थिएँ ।’

डा। इदुरदो कास्टिल्सले शिशुहरुको नाम कोरोना र भाइरस राख्ने कि भनेर मजाक गरेको र राफेलले यसलाई गम्भीर रुपमा लिएको सुनाए ।

प्रतिक्रिया दिनुहोस