प्रेमीकासँग भेट्न क्वारेन्टाइन तोडेर भागे युवक !

काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा तहस नहस पारिरहेका बेला एक युवक आफ्नी प्रेमीकालाई भेट्नको लागिक्वारेन्टाइन तोडेर भागेका छन् ।

महत्वपूर्ण कुरा त के छ भने, युवक कोरोनाका संक्रमित थिए । उनीसँग भेट्नेको सजाय उनकी गर्लफ्रेन्डले पनि पाएकी छन् । भारतको तमिल्नाडुको मदुरै जिल्लामा उक्त घटना भएको हो ।

त्यहाँका २४ वर्षका एक युवक क्वारेन्टाइनबाट भागेर प्रेमीकालाई भेट्न पुगेका थिए ।

ति युवक दुबईबाट भारत आएका थिए । उनलाई पुलिसले शिवगंगा जिल्लाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

युवकले प्रेमीकाका आमाबुवा उनीहरुको नातासँग खुसी नभएकोले प्रेमीका भेट्न पहिला गएको पक्राउ परेपछि बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?