कोरोना भाइरस : ‘मास्क’ नपाएपछि पातले मुख ढाक्दै यहाँका बासिन्दा

काठमाडौं । कोरोनाभाइरसबाट बच्नका लागि सारा विश्वमा अनेक उपायहरु अपनाउदै आइएको छ । यसैबीच भारतको बस्तरबासीहरुले एउटा अनौठो उपाउ अपनाएका छन् ।

बजारमा मास्क नपाइएपछि बस्तर बासीहरुले पातको मास्क बनाएर लगाएका छन् ।

कांकेर जिल्लाको अन्तागढका केही गाउँमा पञ्चायत भवनमा बैठक बोलाउँदा आदिवासीहरू पातबाट बनेको मास्क लगाएर पुगेपछि फोटो भाइरल बनेको हो ।

भर्रीटोला गाउँका एक युवकका अनुसार,गाउँमा बाहिरका मानिसलाई पस्न नदिएका र नभएपनि पातको मास्क बनाएर लगाइएको हो ।

आदिवासीहरूले मास्क एक दिन लगाउने अनि त्यसलाई फालेर भोलिपल्ट अर्को मास्क लगाउने गरेका छन् ।

चिकित्सकहरूले यस्ता मास्कले एक हदसम्म त सुरक्षा दिने तर यिनबाट श्वास फेर्न मुश्किल हुने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?