कोरोना च्यालेन्ज : लापरवाही गर्दै ट्वाईलेट चाट्दा भयो कोरोना

काठमाडौं । संसारभर नै कोरोना भाइरसको महामारी फैलिएपछि सबैतिर हाहाकार मच्चिएको छ ।

सरकार, विश्व स्वास्थ्य संगठनदेखि लिएर डाक्टर्ससम्मले चेतावनी दिने देखि लिएर यसबाट बच्ने उपायहरु बताइरहेका छन् ।

संसारभरिका डाक्टरहरु कोरोना भाइरसँग लडेर जित्नको लागि आफ्नो ज्यान जोखिममा हालिरहेका छन् किनभने एक रोगीलाई बचाउन सकियोस् । तर सबैको निर्देशलाई लत्याउँदै केहि मानिसहरु भाइरसलाई अन्देख गरेर लापरवाही गरिरहेका छन् । र आफूसकित समाजलाई पनि खतरामा पारिरहेका छन् ।

त्यस्ते एक व्यक्तिले प्लाष्टिक ट्वाईलेटको सिट चाटिरहेका छन् । कोरोना भाइरसलाई च्यालेन्ज दिने भन्दै ट्वाईलेट सिट चाटिरहेको देख्न सकिन्छ ।

परदेश सेलेह नामको ट्वीटरबाट शेयर गरिएको हो । शेयर गर्दै उनले कोरोनालाई च्यालेन्ज दिँदै ट्वाईलेट सिट चाट्दा कोरोना लाग्यो भनेर लेखिएको छ ।

संक्रमितलाई अहिले अस्पतालमा उपचार गराइरहिएको छ । केहि दिन अगाडि सेलिब्रेटी ईवा लुईसले पनि कोरोना च्यालेन्ज भन्दै ट्वाईलेट सिट चाटेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?