शेफले बनाए कोरोना वर्गर…

काठमाडौं । एक तर्फ सारा संसार कोरोना भाइरसको आतंकबाट डराइरहेको बेला अर्काे तर्फ एक व्यक्ति भाइरसलाई नै खान भनिरहेका छन् । तर डराउनु पर्दैन, त्यो भाइरस शरीरलाई संक्रमित पार्ने नभएर मुखलाई स्वाद दिने वाला हो ।

भियतनामको राजधानी हनोईका एक शेफले बिशेष प्रकारको बर्गर बनाएका हुन् । उक्त वर्गरको नाम उनले कोरोना वर्गर राखेका छन् ।

हरियो रंगको उक्त वर्गर मानिसहरुले अत्याधिक मन पराईरहेका छन् । शेफ होंग तुंगले केहि कुरालाई हराउनु छ भने त्यसलाई खानुपर्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?