विमानमा लेखेर छोडिएको प्रेमपत्र कसरी भयो भाइरल ?

काठमाडौं । करिब २१ वर्षीया एक युवतीले विमानको यात्रामा लेखेर जहाजभित्रै छाडिएको एक प्रेमपत्र यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अमेरिकाकी एन्ड्रिया नाम गरेकी युवतीले यात्राका दौरानमा प्रेमपत्र लेखेर विमानको सिकनेस ब्यागमा फालेको अवस्थामा सफाइ गर्ने एक व्यक्तिले भेटाएका थिए ।

प्रेमपत्र फेला पारेपछि उनैले त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए, पछि त्यो एकाएक भाइरल हुन पुग्यो । आखिर त्यस्तो कहानी के छ, जबकि प्रेमपत्रका बारेमा सबै जान्न चाहन्छन् ।

जहाजमा पत्र भेटाउने सफाइवालाका अनुसार त्यो प्रेमपत्र करिब १ वर्षअघि जहाजको पछाडितिरको सिटको पछाडि फेला परेको हो । पत्रमा एन्ड्रियाको निकै गजब कहानी छ । उनले लेखेकी छन् कि ‘मेरो इमोसन्सको बारेमा म आफ्नो प्रेमीलाई बताउन चाहन्छु कि म तिमीलाई प्रेम गर्छु ।’ यसैका लागि उनी सरप्राइज भिजिटका लागि त्यो यात्रा गर्दैछिन् ।

उनले यात्रामा हुने तनाव र एक्लोपनलाई कम गर्न पनि पत्र लेखेकी थिइन् । उनले मियामीबाट कोलम्बिया जाँदै गर्दा नराम्रोसँग आफूलाई दिक्क लागेकाले पत्र लेखेको पनि खुलाएकी छिन् ।

उनले यो पनि बताएकी छिन् कि उनी आफ्नो प्रेमीलाई सरप्राइज दिन जाँदैछिन्, जसबाट उसले थाहा पाओस् कि उनी कति प्रेम गर्छिन् ।

यो पत्र निकै रोचक तरिकाले लेखिएको थियो तर उनले लेखेकी छिन् कि उनी निकै दिक्क अवस्थामा पत्र लेख्दै थिइन् र उनी यो पनि जान्दैन थिइन् कि उनी के गर्दैछिन्, यो पागलपन पनि हुन सक्छ । एजेन्सी

यस्तो थियो एन्ड्रियाको प्रेमपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?